विश्वकै होचो व्यक्तिको रेकर्ड राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत मगरको आज दिउसो ३ बजे निधन भएको हो ।
बिहीबार अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका थिए । मगरलाइ आइसियुमा राखेर उपचार गरिएको भएतापनि बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ ।
विश्वकै होचो व्यक्तिको रुपमा उनको नाम २०६७ असोज २८ गते गिनिज बुकमा लेखिएको थियो । विरामी अवस्थामा रहँदा ५ दशमलव ५ किलोग्राम तौल भएका उनको उचाइ २२ दशमलव ४ इन्च उचाइ थियाे। उनको जन्म २०४९ साल असोज १८ गते बाग्लुङमा भएको थियो ।