रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौंं - मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ लाख २७ हजार ७५० कित्ता बराबरको १६ करोड २७ लाख ७५ हजार रुपैयाँको आइपीओ निष्कासनका लागि बोर्डबाट माघ १९ गते अनुमति पाएको हो ।अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशीक रोजगारीमा गएका नेपाली कामदारलाई निष्कासन गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री खुला गर्नेछ ।
कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।