कांग्रेस नेता पौडेल प्रेसर जाँच्न दिल्ली प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रेसर जाँच्न नयाँदिल्ली जानुभएको छ ।

नेपालमा रक्तचाप (प्रेसर) परीक्षण गर्दा एकैदिनमा फरकफरक रिपोर्ट आएपछि त्यसकै लागि उहाँ सोमबार दिल्ली प्रस्थान गर्नुभएको हो ।

दिल्ली बसाइका क्रममा राजनीतिक भेटघाटसमेत हुन सक्ने नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया