• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

पुश्कल र विष्णु माझीको सति प्रथाले सबैको मन जित्दै उत्कृष्टको सूचिमा

लोकप्रिर्य गायक पुश्कल शर्माको नयाँ गीत ‘सतीप्रथा’ले चर्चा सबैको मन जित्न सफल भएको छ ।

युट्युवमा अपलोड गरेको छोटो समयमै युट्युवको उत्कृष्टको सूचिमा आउन सफल भए सँगै गीतको चर्चाँ झन चुलिएको छ । गीतमा पुश्कल शर्मालाई बिष्णु माझीले साथ दिएकी छन् ।

सम्पुर्ण पक्ष निकै उत्कृष्ट र मार्मीक अनि मनछुने “सति प्रथा” बोलको गीत शुक्रवार सार्वजनिक भएको हो । यसो त शर्माको हरेक गीत उत्कृष्ट हुने गर्दछन भने यो गीत समेत दमदार रहेको छ । गीतले बैदेशिक रोजगारमा ज्यान गुमाउने परिवारको विचल्लीको कथालाई उठाएको छ ।

गीतको म्युजिक भिडियो पनि उस्तै दमदार रहेको छ । गीतलाई पुश्कल शर्माले लय तथा शब्द सिर्जना गरेका छन भने सारिका केसी र शर्माको उत्कृष्ट अभिनय रहेको छ भने गीतलाई निर्देशन समेत शर्मा आँफैले गरेको छन । गीतलाई मन पराइ दिनुभएको दर्शक स्रोतालाई शर्माले आभार प्रकट गरेका छन ।

प्रतिक्रिया