प्रदेश- ३ को स्थायी राजधानी हेटौंडा कायम, काभ्रेको पक्षमा ३ मत मात्र

देश ३ को स्थायी राजधानी र प्रदेश नामाकरणका लागि आज भएको मतदानको परिणाम प्राप्त भएको छ । प्राप्त मत परिणमअनुसार आजबाट प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ ।

कुल ११० प्रदेश सभा सदस्यमध्ये १०८ जनाको उपस्थिति रहेकोमा हेटौंडा राजधानी कायम गरियोस् भन्ने पक्षमा १०५ मत रहेको थियो भने काभ्रेको पक्षमा ३ मत रहेको थियो ।मतदान आज बिहान १० बजेटबाट शुरू भएको थियो।

राजधानी र नामकरणका सम्बन्धमा शनिबार प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका थिए । प्रदेश राजधानीका लागि दुई स्थान र प्रदेशको नामाकरणका लागि दर्ता भएको एक मात्र प्रस्तावमाथि शनिबार दिउसो बसेको प्रदेशको वैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया