• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

इरानले ‘गल्ती’ले युक्रेनी विमान खसालेको स्वीकार्‍यो

इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकार गरेको छ ।

इरानी सरकारी टीभीले शनिबार विहान प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो ।’

वक्तव्यमा घटनाको लागि जिम्मेबारहरुमाथि कारबाही गरिने बताइएको छ । इरानले यस अघि हवाई जहाज प्राविधिक कारणले आफै दुर्घटनाग्रस्त भएको बताउँदै आएको थियो ।

तेहरानको अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान उडेको केही समयममै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा जहाजमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो ।

अमेरिकी मिडियाले यस अघिनै विमानलाई युद्धक विमान ठानेर इरानी पक्षले झारेको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

प्रतिक्रिया