दोलखा, २६ पुष । यहाँकाे भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा परी भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतिका अन्दाजी ३० वर्षिय मदन कुमार थामीको मृत्यु भएको हो ।
प्रदेश न ३ को ०२- ००३ प ७१३३ नम्बर रहेको साे मोटरसाइकल हिजाे दिउँसो फिल्डमा गएर साँझ फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कायलय दोलखाले जनाएको छ ।