पश्चिमी वायुको प्रभावको कारण केही दिन बदली भएको मौसम शुक्रबार (आज)देखि सुधार हुने भएको छ ।
पश्चिमी वायु कमजोर भएकाले शुक्रबारदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार काठमाडौं उपत्यकासहित देशको मध्य, पूर्व र पश्चिमका अधिकांश स्थानको मौसम सफा रहनेछ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन पनि रोकिने छ ।
वर्षा र हिमपात रोकिए पनि चिसो भने कायमै रहने महाशाखाले जनाएको छ । वर्षा र हिमपात हुँदा प्रभावित भएको जनजीवन शुक्रबारदेखि सामान्य हुने देखिएको छ । महाशाखाले तत्कालै वर्षा हुने अवस्था भने नरहेकाे जनाएकाे छ ।