काठमाडौं – मंगलबार शेयर बजार १४.११ अंकले बढ्दै २६२६.३१ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.५४ प्रतिशतले उकालो लाग्दा कारोबार रकम ५ अर्ब २० करोड २२ लाख रुपैयाँ नाघेको छ।
आज १ करोड २७ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ३१२ कम्पनीको कारोबार भएको छ। तीमध्ये १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत रूपमा, उत्पादन तथा प्रशोधन समूह र ट्रेडिङ समूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६८२२.६१ विन्दुमा झरेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४६१२.१५ विन्दुमा पुगेको छ।
त्यस्तै, विकास बैंक समूह १.७५ प्रतिशतले बढ्दै सबैभन्दा बढी उकालो लाग्ने समूह बन्यो। वाणिज्य बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा लगायतका समूहले समेत वृद्धि गरेका छन्।
आज ६४ हजार ९१७ पटकको कारोबारबाट बजारमा सकारात्मक संकेत देखिएको छ।