• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

इरानमा दुर्घटनाग्रस्त भएको विमानमा सवार १८० यात्रुकै मृत्यु

युक्रेनको बोइङ ७३७ विमान इरानमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १८० यात्रुकै मृत्यु भएको छ । बुधबार बिहानै भएको उक्त विमान दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्नेबित्तिकै दुर्घटना भएको जनाइएको छ । विमान युक्रेनको राजधानी किएभतर्फको उडानमा थियो । बुधबार बिहान मात्रै इरानले अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको थियो ।

प्रतिक्रिया