कांग्रेस केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षधर जिल्ला सभापतिको भेला

नेपाली कांग्रेसभित्रको विवाद तीव्र रुपमा बढ्दै गएको छ । सोमबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सभापति शेरबहादु देउवाविरुद्ध ५१ जिल्लाका जिल्ला सभापति भेला भएका छन् ।

सभापति देउवाले एकलौटी रुपमा महाधिवेशन मिति तोक्नेदेखि केन्द्रीय विभाग बढाएपछि असन्तुष्ट रहेका वरिष्ठ नेपाल रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला समहूका जिल्ला सभापतिहरु भेला भएका हुन् । पौडेल निकट मानिने कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडूले सभापति देउवा विपक्षका ५१ जिल्ला सभापति भेला भएको बताए ।

नेपाली कांग्रेस काभ्रे जिल्लाका सभापति मधु आर्चालयले सभापति देउवाको गतिविधिले पार्टीलाई क्षति पुगेकाले समीक्षा गर्न भेला भएको बताए । ‘हामी ५१ जिल्लाका सभापति भेला भएका छौं,’ उनले भने, ‘सहमति प्रयास भइरहेका बेला सभापति देउवाले एकपक्षीय रूपमा निर्णय गरेपछि पार्टीमा समस्या निम्तिएकाले भेला भएका हौं ।’ कांग्रेसको ७७ जिल्ला सभापतिमध्ये देउवानिकट २६ र विपक्षमा ५१ जना रहेका देखिएको छ ।

पौडेल समूहको बहिष्कारबीच कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गतेको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै विभाग संख्या दोब्बर बनाउनेलगायत निर्णय गरेको थियो । यस कार्यले पौडेल‚ सिटौला र कोइराल पक्ष चिढिएका छ ।

प्रतिक्रिया