• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

तेजसको छोटो कपालले बनायो दश लाख दर्शक, भोलिबाट आँखी गाजल बजारमा

तेजश रेग्मी र बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’ सार्वजनिक भएको छोटो् समयमैं दश लाख दर्शक बनाउन सफल भएको छ । गीतलाई सबैले उत्कृष्ट गीत भन्दै प्रतिक्रिया दिएका छन भने टिकटकमा समेत यो गीत भाइरल जस्तै छ ।

तेजशकै शब्द र सङ्गीत र आशिस अविरलको सङ्गीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ ।

शिव विकले निर्देशन गरेको गीतको भिडियोमा नायिका शुस्मा कार्की र पछील्लो समयमा गायन तथा मोडलिङमा चर्चा कमाइरहेका मोडल तथा गायक दुर्गेश थापाको साथमा गोबिन्द भट्टराईले अभिनय गरेका छन्। कलेज पढ्ने युवा युवतिको प्रेम देखाउन खोजिएको छ भिडियोमा अजय रेग्मीको छायाँकन र प्रबिण भट्टले सम्पादन गरेका छन् ।

प्रतिक्रिया