सुनको मूल्य अहिलेसम्मकै महँगो

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मै महँगो भएको छ । आइतबार छापावाल प्रतितोला सुन ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार उक्त मूल्य अहिलेसम्मकै उच्च हो ।

आज तेजावी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७५ हजार २०० रुपैयाँ तोकिएको छ । चाँदी प्रतितोला ९०० रुपैयाँ पुगेको छ ।

गत शुक्रबार ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले बढेको हो । यस्तै, तेजावी सुनको मूल्य पनि ७४ हजामर २०० रुपैयाँबाट एक हजार रुपैयाँले नै बढेको हो ।शुक्रबार र आइबार चाँदीको मूल्यमा भने खासै फरक परेको छैन ।

इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा पनि देखिएको छ । गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिएपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ ।

दुई देशबीच युद्ध हुने आशंकाले विश्व बजारमा सुनको जोहो गर्न सुन किन्नेदर बढेकाले सुन चाँदीको मू्ल्यमा असर परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया