नेप्सेमा गिरावट,कारोबार रकम २ अरबमा सीमित

काठमाडौं - सरकार परिवर्तनको हल्लाले शेयर बजारमा नकारात्मक प्रभाव परिरहेको छ । यसै बीच आईतबार शेयर बजार घटेर बन्द भएको छ । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६५ अकंले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से झिनो अकंले घट्दा आज ५ उपसूचक हरियाली भएको छ । आज होटल तथा पर्यटन समूहको १.३८ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.५१ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०८ प्रतिशत, अन्य समूहको ०.८० प्रतिशत र ब्यापार समूहको ०.५९ प्रतिशतले सेयर मूल्य बढेको हो । अन्य ८ उपसूचक भने राताम्य भएका छन् ।

प्रतिक्रिया