• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सबै पक्ष निकै उत्कृष्ट रहेको विष्णु माझी र सुरेश रमणको आवाजमा गीत किन अन्धो भइन म,आशिर र सारिकाको लोभलाग्दो अभिनय

थेरै तर दमदार प्रस्तुती मार्फत सबैको मन मुटुमा मास्न सफल गायक सुरेश रमण अधिकारी र विष्णु माझीको आवाज रहेको उत्कृष्ट गीत किन अन्धो भइन म भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतको खोट लगाउने कुनै ठाँउ छैन भने माया प्रेममा विछोड हुने प्रेमीहरुको कथालाई गीतले निकै कलात्मक रुपमा गीतको अडियो र भिडियोमा उतारेको छ ।

गीत हेर्न थाले पछि कतिबेला आँखा रसाउछन पत्तै हुँदैन् दर्शकले यस्तै प्रक्रिया दिएका छन । सुरेश रमणको सबैको ओठमा झुन्डीन सक्ने लय सहितको सो गीतमा मुटु छुने शब्द भने सागर रेग्मीले गरेका छन ।

गीतको म्युजिक भिडियो समेत दमदार रहेको छ गीतलाई कपिल लामाले निकै राम्रो कथामा बाँधीएर निर्देशन गरेका छन भने अभिनय गर्न माहिर आशिर प्रताप जंग र सारिका केसीले गीतमा अभिनय गरेका छन ।

HeartBeat Nepal च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना

प्रतिक्रिया