नियमित एउटा स्याउ खाँदाको फाइदा

नियमित स्याउ खाँदा हाम्रो शरीरलाई आवश्यक पर्ने पौस्टिक तत्व प्राप्त हुन्छ । यो हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । खासगरी ब्रेकफास्टमा स्याउ समावेश गर्नु राम्रो मानिन्छ ।
स्याउमा प्रशस्त मात्रामा फाइबर,क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउ पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाँउछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।

स्याउ सेवन शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्धत गर्छ । साथै रतmसञ्चारलाई यथावत राख्न पनि सघाउ पु¥याउँछ ।
स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमश ःकम हुँदै जान्छ ।
स्याउले शरीरमा रहेका पिएचको मात्रालाई नियन्त्रण गरी पाचन प्रणाली दुरुस्त बनाउन मद्धत गर्छ ।
स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ । साथै मोटोपनबाट हुने हृदयघात,डायबिटिज, मुटुरोगजस्ता विभिन्न समस्याको सम्भावना हुँदैन ।
मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ । साथै बिरामीले खाएमा पत्थरीका कारण हुने दुखाइबाट आराम मिल्छ ।
बोक्रासहितको फाइबरयुतm स्याउ खाँदा पितथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ । यसरी पितथैलीमा हुने पत्थरीबाट जोगीन मद्धत पुग्छ ।

हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाइ २३ प्रतिशत रोक्न सकिन्छ । साथै यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ ।

प्रतिक्रिया