पूर्वी पहाडी क्षेत्रमा भारी हिमपात : जनजीवन प्रभावित

सुनसरी । शुक्रबार दिउँसोदेखि मौसममा बदली आएपछि पूर्वी क्षेत्रमा वर्षा हुनुका साथै उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ ।

एक्कासी चिसो बढेसँगै वर्षा र हिमपात भएपछि पूर्वी पहाडी क्षेत्रको जनजीवन प्रभावति भएको छ ।

ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, इलाम र पाचथरको उच्च पहाडी क्षेत्रमा शुक्रबार अपरह्नदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।

संखुवासभाको गुफापोखरी, मंगलबारे र चौकी लगायतमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको गुफापोखरीका स्थानीय मन्जु खनालले बताइन् ।

उनका अनुसार ताप्लेजुङको साँघु, जाने यातायातका साधनहरु हिउँले बाटो अवरुद्ध बनाएपछि संचालनमा आउन सकेका छैनन् ।

यसैगरी शुक्रबार अपरह्नदेखि हिमपात भएपछि संखुवासभाबाट तेह्रथुमको बसन्तपुर आउँदै गरेका दर्जनौं सवारीसाधन बाटोमै अलपत्र परेको चैनपुरबाट धरान आउँदै गरेकी एकु घिमिरेले टेलिफोनमार्फत जानकारी दिइन् ।

अहिले पनि संखुवासभाको चैनपुरबाट आउने सवारीसाधनहरु बाटोमै हिउकै कारण रोकिएका छन् भने धरानबाट तेह्रथुम जादै गरेका सवारीसाधन पनि बसन्तपुर दक्षिणमा रहेको पटेक डाडाको फेदी नुनथलामा रोकिएको बसन्तपुरबाट संचारकर्मी चन्द्र कार्कीले बताए ।

अत्याधिक चिसोका कारण सर्वसाधरण घर बाहिर निस्कन नसकेको उनले बताए ।

प्रतिक्रिया