काठमाडौं - नेपालमा पहिलो पटक विदेशमा रहेका नेपालीहरुको लागि प्राथमिक शेयर निष्कासन भएको छ ।
कुल साधारण शेयर मध्य १०% शेयर विदेशमा रहने नेपालीहरुको लागि आरक्षण दिनु पर्ने नयाँ प्रावधानका कारण आइपीओ निष्कासन गरिएको हो ।
अहिले सोही नियम अनुसार ४ कम्पनीको आइपीओ आवेदन खुल्ला भएको छ । आइपीओमा आवेदन दिन वैदेशिक रोजगारीमा नियम संगत रूपले गएको साथै सोही अनुसारको सिआरएन नम्बर समेत लिएको हुनु पर्दछ ।
अहिले सुपर मादी जलविद्युत कम्पनी,सुपर माई हाइड्रो,माया खोला जलविद्युत कम्पनी र एशियन हाइड्रो कम्पनीले विदेशमा रहेका नेपालीको लागि आइपीओ निष्कासन गरेका छन् ।
पहिलो पटक आइपीओ मा आवेदन खुलेको साथै कति नेपालीलाई यसको प्रक्रिया समेत थाहा नभएका कारण आइपीओ मा सोचे अनुरूपको आवेदन नपरेको सिडिएससीले जनाएको छ ।
कतिपय नेपालीले यस विषयमा थाहा समेत नपाएको साथै CRN नम्बर लिन पनि कठिन भएका कारण सोचे अनुसारको आवेदन नपरेको धेरैको बुझाई छ ।