हर्कपुरमा इला कम्फर्ट होटलद्वारा सरसफाइ तथा हरियाली अभियान सम्पन्न

हर्कपुर, नवलपुर | गैंडाकोट नगरपालिका–१२, हर्कपुरमा अवस्थित इला कम्फर्ट होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्वच्छता तथा हरियाली अभियान सम्पन्न गरेको छ। होटलले पूर्व–पश्चिम राजमार्गको डिभाइडर तथा सडक किनारका झाडी, घाँस र फोहोर सफा गर्दै सरसफाइ कार्यक्रम सञ्चालन गरेको हो।

होटलका महाप्रबन्धक प्रदीप न्यौपानेका अनुसार, होटलले स्थानीय समुदायसँग सहकार्य गर्दै आगामी दिनमा थप सामाजिक कार्यहरू गर्ने योजना बनाएको छ।

हालै सेवा शुभारम्भ गरेको इला कम्फर्ट हर्कपुर, इला ब्राण्डको तेस्रो आउटलेट हो। यसअघि बागलुङमा इला कम्फर्ट र गैंडाकोटको मौलाकाली डाँडामा इला रिसोर्ट मौलाकाली सञ्चालनमा आइसकेका छन्।

इला होटल एण्ड रिसोर्टका सञ्चालक सचिन ढकालले नेपाली मौलिक ब्राण्ड ‘इला’ले पर्यटन प्रवर्द्धन र आतिथ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै देशका विभिन्न ठाउँमा विस्तार गरिरहेको जानकारी दिनुभयो। उहाँले भने, “नेपालका प्राकृतिक र सांस्कृतिक गन्तव्यहरूलाई प्रवर्द्धन गर्दै विदेशी पर्यटकलाई आकर्षित गर्न सकियो भने यसले देशको समग्र विकासमा टेवा पुर्याउनेछ।”

हर्कपुरस्थित इला कम्फर्ट होटलमा सुविधासम्पन्न ३५ कोठा र ठूलो क्षेत्रफलमा फैलिएको वाटर पार्क समेत रहेका छन्। आईएमई समूहअन्तर्गत सञ्चालित इला ब्राण्डले आक्रामक रूपमा देशभर आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय