देशका धेरै स्थानमा हिमपात र वर्षाको सम्भावना

देशभर न्यून चापीय प्रणालीको प्रभावले बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिनभरी नै देशभर बदली रहने उल्लेख गरेको हो ।

दिउँसो देशभर सामान्य बदली हुनेछ । पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुनेछ । यसैगरी, पश्चिम र मध्य क्षेत्रहरुमा भने हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशभर बदली भइरहने पूर्वानुमानमा उल्लेख छ । रातमा केही स्थानहरुमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया