नेकपाको निर्णय : प्रदेश ३ को नाम बागमती, राजधानी हेटौँडा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौँडा कायम गर्ने निर्णय लिएको छ।
नेकपाको बहुमत रहेको प्रदेश नंबर ३ को बैठकले अब प्रदेशको राजधानी हेटौँडा टुंगो लगाउने भएको हो ।

नेकपाको आज बसेको सचिवाल बैठकले प्रदेशको राजधानी हेटौँडालाईनै बनाउने गरि निर्णय गरेपछि अब हेटौँडानै राजधानी हुन निश्चित भएको हो । आज काठमाण्डौँमा बसेको नेकपा सचिवालय बैठकले राजधानीबारे टुंगो लगाएको हो ।

नेकपा हाईकमाण्डले निर्णयनै गरेपछि अब हेटौँडानै हुनेकुरा निश्चित भयो , अबको केहि दिनमानै प्रदेश तीनसभाले निर्णय गर्छ ।

प्रतिक्रिया