बैतडीको सुर्नया गाउँपालिका ६ का २ महिने बालक शिवांश अवस्थीको उपचारमा सहयोग गर्न नेपाल पत्रकार महासंघ बैतडीले आग्रह गरेको छ।
बैतडीस्थित रेडियो निङ्गलाशैनी तथा रेडियो सेभेनस्टारका सञ्चालक र नेपाल पत्रकार महासंघ बैतडीका सदस्य महेशप्रसाद अवस्थीका २ महिने छोराको उपचारमा सहयोग गर्न आग्रह गरेको हो।
शिवांशको भारतको चेन्नाइमा ठूलो धनराशी खर्च गरेर कलेजो प्रत्यारोपण गरिएको छ। शिवांशको उपचारका लागि अझै पनि धेरै रकम आवश्यक परेकाले सहयोग गर्न महासंघले आग्रह गरेको हो।
सहयोग गर्न हुने महानुभावले महेशप्रसाद अवस्थीको एनसीसी बैंक बैतडीमा रहेको खाता नम्बर ०२०००००१६४४१०, बैतडीमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३१०७०१०००९९४७ र नेपाल इन्भेष्टमेन्ट बैंक सतबाँझ बैतडीको खाता नम्बर ०६५०५०५२५४११३ रकम जमा गर्न सक्नु हुनेछ।