काठमाडौं । तराईका जिल्लामा केही साताअघि सुरु भएको शीतलहरका कारण जनजीवन प्रभावित भइरहेको छ ।
यता काठमाडौंको न्यूनतम तापक्रम शनिबार जुम्लापछिकै मापन भएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंको शनिबारको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस थियो भने अधिकतम् तापक्रम १५ दशमलव ७ डिग्री ।
बिहीबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री मापन भएको थियो ।
त्यसयता उतारचढाव आइरहेको काठमाडौंको तापक्रम शनिबार पुनः घटेको हो ।
महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौंसहित मुलुकभर चिसो बढेको छ ।
आजको राजधानी दैनिकले सविन शर्माको बाइलाइनमा यो समाचार प्रकाशित गरेको छ ।