रौतहटको चपुरबाट काठमाडौ जाँदै गरेको टाटा सुमो दुर्घटना भएको छ । ना १ ज ३४३३ नम्बरको सुमो मकवानपुरकाे इन्द्रसरोबर ३ मा अपरान्ह १२.३० मा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।
सुमो सडकभन्दा ३ सय मिटर तल भीरबाट खसेको हाे । दुर्घटनाबारे बिस्तृत जानकारी केही बेरमा आउने मकवानपुर ट्राफिक प्रमुख हरि बिष्णु ढकालले जनाएका छन् ।