गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति समीक्षा मंगलबार

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। फागुन १३ गते मंगलबार साँझ संचालक समितिको बैठक बोलाइएको छ। संचालक समितिले समीक्षा पारित गरेपछि यो सार्वजनिक हुने छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समाप्त भएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नुपर्ने व्यवस्था छ। यो समीक्षा गभर्नर महाप्रसाद अधिकारीको कार्यकालकालीन अन्तिम मौद्रिक नीति समीक्षा पनि हुने छ। उनको कार्यकाल आगामी चैत्रमा समाप्त हुने छ।

प्रतिक्रिया