राष्ट्रिय बाणिज्य बैंकले घोषणा गर्यो लाभांस,नगद र बोनस कति ?

काठमाण्डौ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ  ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ३ प्रतिशत नगद लाभांश गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । बैंकले लाभांश पारित गर्नका लागि पुस २९ गते बिहिबार आफ्नै केन्द्रिय कार्यालयमा साधारणसभा आह्वान गरेको छ  ।

प्रतिक्रिया