लोकप्रिय गायक राजन कार्कीको सुनिरहुँ जस्तो लाग्ने गीत "बेशी खोला" छ

काठमाण्डौ। बहुप्रतिभाका धनी गायक तथा सर्जक राजन कार्कीको नयाँ गीत "बेशी खोला" भर्खर मात्र सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक स्रोताको मन जितिरहेको छ।

थोरै तर उत्कृष्ट सिर्जना सार्वजनिक गर्ने कार्की विगत दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् भने त्यतिनै लोकप्रिय पनि छन्। उनको पछिल्लो गीत माया प्रेमलाई विषय बनाई तयार पारिएको छ।

गीतलाई राजन कार्की आफैंले बनाएका हुन् भने आवाज पनि उनकै रहेको छ। गीतको भिडियो सामान्य बनाइएता पनि धेरै दर्शकले गीतको अडियोको प्रशंसा गरेका छन्।

गीतलाई राजन कार्कीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया