सौर्य विद्युत उत्पादक संघको अध्यक्षमा इन्द्र खनाल

नेपाल सौर्य विद्युत उत्पादक संघको १९ औं साधारण सभाले इन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

पुस ५ र ६ गते सौराहामा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
सो सभाबाट अध्यक्षमा इन्द्र खनाल,बरिष्ठ उपाध्यक्षमा प्रकाश विक्रम बस्नेत,द्धितिय उपाध्यक्षमा रुद्रबहादुर पुन,सचिवमा केशव प्रसाद दाहाल साथै कोषाध्यक्षमा दिपक गौतम निर्वाचित हुनु भएको छ ।

संस्थाको सदस्यहरुमा इन्द्र राज सुवेदी,राजेन्द्र वम,श्रीधर भण्डारी,ज्ञानु शाह,नविन शाही,तेत्र ज्ञवाली,केशव शर्मा,अरुण तिवारी,टुफेल अहमद खाँ चयन भएको नव निर्वाचित कोषाध्यक्ष दीपक गौतमले बताउनु भयो ।

प्रतिक्रिया