भरतपुर महानगरपालिकामा हालसम्म ९२ हजार १२८ मतगणना हुँदा मतान्तर कति ?

चितवन - चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छन् । हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ७८५४को मतान्तर बनाएकी छन् ।  

दाहालले ३६ हजार २७२ मत पाउँदा सुवेदीले २८ हजार ४१८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएकी छन् ।

प्रतिक्रिया