रविले धुर्मुसलाई भेटेर भने – ‘रङशाला बनाउन साथ दिन्छु’

काठमाडौं / अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य धमाधम भईरहेको छ । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण भइरहेको यस रङ्गशालामा धुर्मुस सुन्तली फाउण्डेसनलाई देश विदेशबाट रङ्गशालाको लागी सहयोग आइरहेको छ ।

यसैक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र चर्चित सञ्चारकर्मी रबि लामिछानेबीच भेट भएको छ । आज सोल्टि होटेलमा आयोजित एक बिशेस कार्यक्रममा सीताराम कट्टेल धुर्मुस र सञ्चारकर्मी रबि लामिछानेबीच भेट भएको हो ।

उक्त भेटमा रबि लामिछानेले रङशाला निर्माण अभियानलाइ सफल बनाउन अब आफु लाग्ने प्रतिबद्द्ता जनाएका छन् । रङ्गशालाको निर्माण कार्यमा आफै लागिरहेका धुर्मुसलाई अब आफुले पनि साथ दिने रबिले प्रतिबद्द्ता जनाएका छन् ।

सञ्चारकर्मी रबि लामिछानेले रङ्गशाला निर्माण स्थलमा आफु नै पुगेर सबैलाइ सहयोगका लागि अपिल गर्ने धुर्मुसलाई प्रतिबद्द्ता जनाएका छन् ।

प्रतिक्रिया