बसको ठक्करबाट छात्राको मृत्यु, चाबहिल क्षेत्रमा यातायात अबरुद्ध

काठमाडौंको सुकेधारामा बसको ठक्करबाट एक छात्राको ज्यान गएको छ।

भक्तपुर–काठमाडौं रुटको बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान ६ बजे सडक पार गर्ने क्रममा सृष्टि पन्तको ज्यान गएको हो।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल र्पुयाइएको भए पनि त्यही उनको मृत्यु भएको हो।

गोरखा घर भएकी २१ वर्षीया पन्त पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत थिइन्।

साथीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा आगजनी गरेपछि सुकेधारा–चाबहिल क्षेत्रमा यातायात अबरुद्ध भएको छ।

प्रतिक्रिया