प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । संसदको वर्षे अधिवेशन सकिएको तीन महिनापछि आजबाट हिउँदे अधिवेशन सुरु भएको हो ।
बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिमण्डल हेरफेरको जानकारी गराउनुभएको थियो ।
बैठकको पहिलो दिन शोक प्रस्ताव पारित गरि वैठक स्थगित गरिएको छ । पूर्व सांसद हरि बैरागी दाहाल, कमलाकुमारी घिमिरे, रामलखन महतो र रामेश्वर ढुंगेलको निधनमा वैठकले शोकप्रस्ताव पारित गरेको हो । संसदको अर्को बैठक पुष ११ मा बस्नेछ ।