खोलानै नभएको ठाउँमा करोडौंको पुल निर्माण !

खोलामा पुल नहुँदा कति समस्या भोग्नुपर्छ ? भन्ने कुरा तपाईहरु धेरैले भोग्दै आउनु भएकै होला । त्यस्तै धेरैले त अर्काको पीडा पनि बुझ्नु भएकै होला ।

कतै पुल नबनेर समस्या भइरहेको छ, भने कतै खोला र बाटो दुवै नभएको ठाँउमा ५० मिटर लामो पक्की पुल बनाइएको छ ।

उक्त पुल हुलाकी राजमार्गको बाँकेस्थित नेपालगञ्ज–नरैनापुर खण्डको राप्ती नदी पार गर्न लागि बनाइएको पुल हो । तर, बिडम्बना ! न त पुल बनेको ठाँउमा राप्ती नदी नै बग्छ, न त पुलसम्म दुवै साइडबाट बाटो नै पुगेको छ ।

बाटो नै नपुगेपछि सवारी साधन र यात्रु आवात जावात गर्ने कुरै भएन् । त्यहाँका सर्वसाधारण कच्ची बाटो हुँदै आवत जावत गर्छन् ।

२०७०÷७२ सालमा हुलाकी सडक आयोजनाले ४ करोड १२ लाख ९० हजारमा यो पुल निर्माणका लागि भैरव कन्ट्रक्सनलाई जिम्मा लगाएको थियो । पुल ७६ सालमा निर्माण सम्पन्न भयो, तर सदुपोयग हुन सकेन ।

हिउँदको समयमा भन्दा बर्खायाममा राप्तीमा बाढी आउँदा समस्या हुने गरेको छ । हुलाकी सडक आयोजनाका अनुसार पुलको ठेक्का सम्झौता भइसकेपछि बाढी आएको कारण पुलको लम्बाई एक किलोमिटर बनाउनुपर्ने भएको छ ।

त्यस्तै सडकको धार पनि परिवर्तन गरिएको छ, जसको कारण उक्त पुल प्रयोगमा नआएको हो ।
आयोजनाका नेपालगञ्जस्थित निमित्त प्रमुख राम सागर हरिजनका अनुसार २०७१ सालबाटै निर्माण रोक्ने प्रयास गरेपनि माथिको निर्देशनका कारण रोक्न नसकिएको हो ।

प्रतिक्रिया