मधेसमा शीतलहर : विपन्न बस्तीमा परालकै सिरक र डसना

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ सम्प्रेषण गरेका छन् ।

बुधबार जनता समाचार डट कम मा नेकपा र राजपाबीच दुई बुँदे सहमति, एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमावापत १५ लाख रुपैयाँ हस्तान्तरण, सागमा पदक विजेता खेलाडीलाई ललितपुरको सम्मान, अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै, जनप्रतिनिधि पार्टिको घेराबाट उम्किनुपर्छ : ज्वाला, इँटा भट्टा हटाउन माग गर्दै आन्दोलन र सूर्यविनायकमा जीप लाइन सञ्चालन हुने लगायतका शीर्षकमा समाचार प्रकाशित गरिए ।

नागरिक दैनिक ले भ्वाङ परेको छाप्रोमा पुरानो कपडा बेरेर चिसो हावा छेक्ने प्रयास गरेको एक सिरहाको परिवारको तस्बिरसहितको समाचारलाई आजको शीर्ष समाचार बनाएको छ । पछिल्लो समय लहानको गोलबजारमा शीतलहर बढ्दा सिरहा गोलबजार नगरपालिका -९ मुसहरी टोल बस्ने श्यामदेवी सदायका सात जनाको परिवारले कष्ट सहिरहेको समाचारमा उल्लेख छ । छाप्रोमा ४ छोराछोरी, वृद्ध सासु र श्यामदेवी दम्पती बस्ने गरेको र जाडो छल्न उनले परालसँगै पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टाल्ने गरेका छन् ।

यसैगरी समाचारमा सोही टोलकी ७० वर्षीया मलभोगिया सदायले चिसो बढेपछि शरीरलाई न्याना बनाउन आगो तापेरै रात बिताउने गरेको बताएकाे पनि लेखिएकाे छ । चिसो बढेपछि अति विपन्न बस्तीमा परालकै सिरक र डसना र तातोका लागि परालै बालेर जीवनयापन गर्नुपर्ने बाध्यता आएकोसमेत पत्रिकाले लेखेको छ । यसैगरी नागरिकले नै विशेष र समपुरक अनुदानबारे अर्को शीर्ष समाचार छाप्दै दर्जनौं योजनालाई १९ अर्ब बजेट दिइएको विषयलाई समेत समाचारमा समेटेको छ ।

प्रतिक्रिया