केहि दिनमा शुरु हुने भ्रमण बर्ष सन २०२० लाई सफल बनाउन रेडियोहरुका प्रतिनिधि मुलक संस्थाहरु र भ्रमण बर्ष २०२० सचिवालयले आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
विगतमा भएका महत्वपुर्ण परिर्वतनमा रेडियोहरुले खेलेको भुमिकालाई अत्यन्तै महत्वपुर्ण भएको बताउदै यो देशको अभियानमा समेत रेडियोहरुले योगदान रहने बताइएको छ ।
भ्रमण बर्ष सचिवालय केशर महलमा आज भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा रेडियोहरुको तर्फबाट एकोरावका अध्यक्ष सुवास खतिवडा,वानका अध्यक्ष चन्द्र न्यौपाने साथै सचिवालयका संयोजकक सुरज बैद्यले हस्ताक्षर गर्नु भयो ।
कार्यक्रममा सहभागीहरुले बोेल्दै यो देशको अभियानलाई सफल बनाउन रेडियोहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धा समेत जनाउनु भयो । वानका अध्यक्ष चन्द्र न्यौपानेले यो अभियानसँग रेडियोहरु जोडिन पाउनु खुसिको कुरा भएको बताउदै रेडियोहरुले भ्रमण बर्ष सफल बनाउनको लागी प्रभावकारी भुमिका खेल्ने बताउनु भयो । त्यस्तै एकोरावका अध्यक्ष सुवास खतिवडाले समेत अभियानमा समुदायिक रेडियोले सहयोग गर्ने बचन दिनु भयो ।
कार्यक्रममा सचिवालयका संयोजक सुरज बैद्यले जनतामा पुग्नको लागी सबै भन्दा प्रभावकारी माध्यम रेडियोसँग यो अभियान जोडिनुले भ्रमण बर्ष सफल हुने आशा ब्यक्त गर्नु भयो । भ्रमण बर्षलाई लक्षीत गरि रेडियोहरुले सूचना तथा समाचार मुलक विषयहरुलाई प्राथमिकताका साथ रेडियोमा प्रशारण गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।