पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ। देशद्रोहको आरोप खेपिरहेका उनलाई लाहौर हाइकोर्टले मृत्युदण्डको फैसला सुनाएको हो ।
उनलार्ई लाहौर हाइकोर्टका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले मंगलवार मृत्युडण्डको सजाय सुनाएको अन्तराष्ट्रिय संचारमाध्यमहले जनाएका छन् ।
पाकिस्तानका पूर्व सैन्य शासक समेत रहेका उनी मृत्युदण्डको फैसला हुँदै गर्दा अहिले दुबईमा छन्।
सन २०१३ डिसेम्बरमा उनीमाथि देशद्रोहको मुद्दा दर्ता गरिएको थियो। त्यसको एबर्षपछि उनलाई अदालतले दोसी ठहर गरेको थियो ।