नाच्न र नचाउन व्यस्त स्मृति, "बाबाको आँगनीमा" उत्कृष्ट नृत्य

पोखरा – यस वर्ष तीजको अवसरमा सांगितिक बजारमा तीज गीतहरूको बाढी आएको छ। कलाकारहरू व्यस्ततामा छन्, स्टुडियोहरूमा गायक–गायिकाहरूलाई भ्याइनभ्याइ छ। दर्शकहरू तीजका नयाँ गीतहरूको प्रतीक्षामा छन्, तर कतिपय गीतहरूले तीजको सांस्कृतिक सन्देश भन्दा भड्किलो प्रस्तुति दिन थालेको छ।

यसै क्रममा, गायिका कमला पोखरेलको नयाँ तीज गीत "बाबाको आँगनीमा" सार्वजनिक भएको छ। यो गीतले दर्शकको मन जित्ने विश्वास गरिएको छ। कमला पोखरेल र शर्मिला गुरुङको आवाजमा रहेको यस गीतले दाजुभाइ, दिदीबहिनी, र माइतीघरको आँगनीबीचको सम्बन्धलाई मार्मिक शैलिमा चित्रण गरेको छ।

गीतको शब्द र संगीत वरिष्ठ गायिका शर्मिला गुरुङले तयार पारेकी हुन्, भने यस म्युजिक भिडियोमार्फत निर्देशक स्मृति तिमिल्सिना "गुरुआमा" ले आफ्नो निर्देशन यात्रा सुरु गरेकी छिन्। राजेश घिमिरेको छायांकन र नवीन घर्ती मगरको सम्पादनमा तयार पारिएको यो म्युजिक भिडियो कमला पोखरेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

 

प्रतिक्रिया