डा बाबुराम भट्टराईलाई लिएर आएको विवादमा रवि लामिछानेको स्पष्टिकरण

काठमाडौ । रवि लामिछानेले नयाँ र फरक खालको रियालिटी शो घोषणा गरे संगै सामाजिक संजालमा दुई दिन देखि चर्चा चुलिंदो छ । रवि लामिछानेले ‘द लिडर’ कार्यक्रम घोषणा गरे जुन कार्यक्रमको निर्णायकहरुमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, रविन्द्र मिश्र र पूर्व प्रधानन्यायधिस शुशिला कार्कीहरु भनि घोषणा गरिएको थियो ।

डा बाबुराम भट्टराई र रविन्द्र मिश्रलाई निर्णायकको रुपमा लिएको भनेर सामाजिक संजालमा टिक्का टिप्पणी बढ्दो छ । द लिडरबाट नेता जन्माउने लक्ष्य रहेको र निर्णायक चाही राजनीतिमा असफल पात्र लिएको भन्दै टिक्का टिप्पणी आएपछि पोखरा पुगेका रवि लामिछानेले मिडियाहरुसंग अन्तरक्रिया गर्दा आफ्नो स्पष्टिकरण दिएका छन् । रवि लामिछानेले आफुले लिएको निर्णायकहरुले कार्यक्रमको लक्ष्यलाई असर नपर्ने तर्क प्रस्तुत गरेका छन् ।

रवि लामिछानेले भने: “डा बाबुराम भट्टराईको राजनीति अवस्थाले हाम्रो शोलाई कुनै खालको असर पर्दैन त्यो दर्शकले शो आएपछि बुझ्नुहुनेछ । डा भट्टराई गोरखाको गाउँबाट पढाईमा टप गर्दै राजनीतिमा लागेको यात्रा उदाहरणीय छ जसले गर्दा हामीले वहाँलाई निर्णायक लिन जरुरी सोच्यौं । वहाँको राजनीतिक अवस्था वा पार्टीको अवस्थाले हाम्रो शो वा प्रतिस्पर्धीहरुलाई कुनै नराम्रो असर पर्दैन । साथै दर्शकहरुले टिक्का टिप्पणी गर्नु भनेको हाम्रो शोको लागी ठुलो आशा रहेको बुझेको छु र झन् बढ्दो मेहेनत गर्नुपर्ने पाएको छु ।”

रविका अनुसार दुई दिनभित्र संसारभर बाट धेरैले यस शोमा सहभागी हुन आवेदन दिएका छन् । ठुलो पदमा रहेका देखि विदेशमा पढे लेखेकाहरुले आवेदन दिएको देख्दा आफ्नो टिम छक्क परेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया