प्रजातन्त्र सेनानी नायकको निधन

विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा आज विहान निधन भएको छ।

पछिल्लो समय उनी धनुषा जिल्लाको सबैला नगरपालिका बस्दै आएका थिए। स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार उनलाई नेपाली कांग्रेसले ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको थियो।

प्रजातान्त्रिक आन्दोलनका क्रममा उनी विसं २०१८ र २०४५ मा जेल परेका थिए। जनकपुरधामको जानकी वृद्धा आश्रमको संस्थापक अध्यक्ष तथा काठमाडौँको सिर्जनात्मक गुठीको सल्लाहकार समेत थिए। उनका दुई छोरा र दुई छोरी छन्। रासस

प्रतिक्रिया