सिन्धुपाल्चाेक, २९ मंसिर । सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या १५ पुगेकाे छ ।
दोलखाकाे कालिन्चोक दर्शन गरेर काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलो माेडबाट खसेकाे थियाे । साे दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए ।
घटनास्थलमै मृत्यु हुनेमा बालक- २ जना महिला- ८ जना, पुरुष- २ जना रहेका छन् । उपचारका लागि लग्दै गर्दा मृत्यु हुनेमा परुष- १, महिला- १,बालक- १ रहेका छन् । मृतककाे सताखत हुन सकेकाे छैन । अन्य केही यात्रु गम्भीर घाइते अवस्थामा रहेका छन् ।
उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी खटिएर उद्धार कार्य भइरहेकाे छ ।