काठमाण्डौ । थोरै तर उत्कृष्ट सिर्जना गर्ने गायक तथा कुशल सर्जक हरि गिरी विमर्शीको नयाँ गीत हो हो नि माया भर्खर मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्न सफल भएको छ ।
रोमान्टिक फ्लेवरको उक्त गीतमा गायक विमर्शीलाई गायीका स्मिता दाहालले साथ दिएकी छन् । गायक विमर्शीकै लय÷शब्द रहेको उक्त गीतकोे भिडियोमा सागर लम्साल,अदिती हमाल र सुमन ज्योती न्यौपानेको दमदार अभिनय रहेको छ । गीतले माया प्रेमलाई विषय बनाएको छ भने अडियो र भिडियो सबै उत्कृष्ट रहेको छ ।
गीतको भिडियोलाई संगीता शाह, विदुर हमाल, विजय शाह र विभुसित हमालले निर्माण गरेका हुन् । यस भिडियोको निर्देशन कोरियोग्राफर÷निर्देशक सुरेन्द्र बस्यालले गरेका छन् भने बुद्ध थापाको छायाँकन र नविन निरौलाले भिडियो सम्पादन गरेका हुन् ।
गीतलाई इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।