महेन्द्रनगरमा बम बिस्फोट : बाबु-छाेरा र इन्सपेक्टरसहित ३ काे मृत्यु, ४ जना घाइते

धनुषा, २८ मंसिर । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित २ जना बाबुछाेरा गरी ३ काे ज्यान गएकाे हाे ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएपछि मृतककाे संख्या ३ पुगेकाे हाे । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा मृत्यु भएको हो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा ४५ बर्षीय राजेश्वर साह र उनका २५ बर्षीय छाेरा आनन्द साहकाे मृत्यु भएको हाे ।

सो घटनामा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएकाेमा इन्सपेक्टर दाहाललाई पनि शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

प्रदेश नं. २ अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको महेन्द्रनगरमा बम विस्फोट भएकाे र ३ जनाको मृत्यु भएको धनुषाका प्रमुख जिल्ल्ला अधिकारी प्रदीप कनेलले पुष्टि गर्नुभयाे ।

अधिकारी कनेलका अनुसार संकास्पद वस्तु फेला परेकाे जानकारी पाएलगत्तै साे स्थानमा प्रहरीकाे टाेली पुगेकाे थियाे । ‘प्रहरी पुग्नासाथ विस्फोट भएको थियो र उक्त फिस्फोटमा परेर गंभीर घाइते बाबुछाेरालाई अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भयाे,’ अधिकारी कनेलले न्यूज २४ लाई भन्नुभयाे ।

उक्त विस्फाेटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर अमिर दाहाल र प्रहरी जवान रिजनाथ महतो सहित ५ जना घाइते भएका छन् । प्रहरी श्रोतका अनुसार राजेश साहको घरको शौचालय अगाडी बम राखिएको थियाे ।

घाइतेहरूकाे थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जनाइएको छ । साे विस्फोटमा परी मृतक राजेश्वरका १९ वर्षीया छोरी अंजली र १५ वर्षीय अर्का छोरा प्रकाश पनि गंभीर घाइते भएका प्रमुख जिल्ला अधिकारी कनेलले न्युज २४ लाई बताउनुभयाे ।

अञ्जलीको बाया खुट्टामा र प्रकाशको दाया खुट्टामा गम्भिर चोट लागेको छ । प्रहरी जवान महतोलाई बमको छर्रा लागेको छ। उनलाइ पनि थप उपचारको लागि धरान रिफर गरिएको हो ।

घटनामा मृतक राजेश्वरका बुवा कारी साह समेत घाईते भएको जनाइएको छ । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

मृतक साहको विभिन्न ठाउँमा मोटो रकम लगानी भएको र त्यसकै निहुँमा कसैले उनलाई हत्याको योजना बनाएको हुन सक्ने अनुमान गरिएको छ । घटना वारे विस्तृत आऊन बांकी रहेको छ भन्ने एता घटनाको अनुशंधान तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ।

प्रतिक्रिया