चीन सरकारले कोटेश्वर –कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण लामो समय भइसकेको छ । चीनको राजदूत हउ याङईले नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीलाई करिव एक बर्ष अघि माघ १४ गते विस्तारित कोटेश्वर कलंकी खण्डको चाबी हस्तान्तरण गरेका थिए ।
त्यो समय यो सडकको निमार्ण कार्य केहि बाँकी थियो । साथै सर्भिष लेन समेत बनाउने काम बाँकी रहेको थियो । नेपाल सरकारलाई हस्तान्तरण भए पछि सो खण्डको सडक निमार्णले खासे प्रगति लिन सकेको छैन ।
सन् १९७७ मा चीनकै सहयोगमा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो। साथै सरकारले केहि समय पछि यो सडक खण्डलाइ हरियाली बनाउने भन्दै हजारौं विरुवा वारी पारि रोपेको थियो । तर संरक्षण अभावमा रोपिएका विरुवाहरु सुक्दै गएका छन ।
चीनसँगको नकेक्टिभिटिका लागि चक्रपथ महत्वपूर्ण छ। चीनकै आर्थिक सहयोगमा निर्माण भएको अरनिको राजमार्ग र पृश्विराजमार्ग यसमै जोडिन्छ, उनले भनिन्, अरनिको राजमार्गबाट चीनको खासा र पृश्विराजमार्गबाट केरुङ नाका पुग्न सकिन्छ।ु
रुख कटान, बिजुलीको पोल, जग्गा अधिकरणलगायत विविध समस्याका बाबजुत पनि चीनले समयमै चक्रपथ विस्तार पूरा गरेको उनको भनाइ छ। सडक विस्तारको क्रममा एक चिनियाँ इन्जिनियरले प्राणको आहूति दिनुपरेको थियो। चीनले जिम्मा पाएको सम्पूर्ण काम गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।ु
कुल २७ किलोमिटर लामो चक्रपथमध्ये कोटेश्वर(कलंकी सडक १०।३९ किलोमिटर छ। चीनको सांघाइ कन्सट्रक्सन ग्रुपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो। २०७३ मागसम्म विस्तार सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो।
२०७२ सालको महाभुकम्प र भारतीय नाकाबन्दीका कारण अपेक्षा अनुरुप विस्तार गर्न सकिएको थिएन। थपिएको समय अनुसार गत मंसिर महिनामै दुई लेनको सडकलाई आठ लेनमा विस्तार गरिएको हो। सडकसँगै कोटेश्वर, बागडोल र ग्वार्कोमा तीनवटा आकाशेपुल, बालकुमारी, खसी बजार, बल्खु, मनहरालगायतका स्थानमा आठवटा पुल र कलंकीमा एउटा अन्डरपास पनि निर्माण गरिएको छ।
यो सडक विस्तार गर्न करिब पाँच अर्ब रुपैयाँ लागेको बताइएको छ। चीन पक्षबाट हुनुपर्ने प्राविधिक तथा आर्थिक काम सम्पन्न भइसके पनि नेपालतर्फबाट हुनुपर्ने काम भने बाँकी छ।अब सडकको दायाँ र बायाँ ६÷६ मिटरको सर्भिस लेन नेपालले निर्माण गर्नुपर्छ।
साथै पैदल यात्रुका लागि १० वटा आकाशे पुल पनि निर्माण गर्न बाँकी छ। साथै सडक किनारामा विरुवा रोप्ने काम अब छिट्टै अघि बढाउने विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केवशकुमार शर्माले जानकारी दिए। साथै चक्रपथको बाँकी भाग विस्तारको प्रक्रिया पनि अघि बढाउने उनले बताए। ुचीनले अहिले बाँकी भागको डीजाइन बनाइरहेको छ,ु उनले भने, डीजाइन प्राप्त गरेसँग त्यसको काम पनि अघि बढ्छ।कलंकी(महाराजगन्ज विस्तारमा पनि चीनकै अनुदानमा हुने उनको भनाइ छ।