विद्युत उत्पादन हुने हल्लाले उपर तामाकोशीको शेयरमा सर्किट

काठमाण्डौ -  आँउदो साता परिक्षणको रुपमा विद्युत उत्पादन हुने खवरले उपर तामाकाशीको शेयर मूल्यमा सर्किट लागेको छ । 

आज कारोबार खुलेको पहिलो मिनेटमै कम्पनीको शेयरमा सर्किट लागेर कारोबार भएको छ । सो कम्पनीको शेयर माग पनि अत्यधिक रहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयरमा ५ लाख भन्दा धेरै कित्ताको माग रहेको छ भने विक्री कर्ता शुन्य रहेका छन । 


आज मात्र कम्पनीको शेयर मूल्य करिव दश प्रतिशतले बढेर ८१९ मा पुगेको छ भने एकै दिन ७४ रुपैयाँले प्रति शेयर मूल्य बृद्धि भएको छ । 

 

प्रतिक्रिया