मेष : दिन उत्तम रहनेछ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । आम्दानी बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । शरीर तन्दुरुस्त हुनेछ ।
वृष : दिन सार्थक खालको रहनेछ । पढाइ लेखाइले गति लिनेछ । ठूलाबडा व्यक्तिहरुसँग भेटघाट हुनेछ । उपयुक्त अवसर मिल्नेछ ।
मिथुन : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । पारिवारिक झमेला थपिनेछ । जग्गा जमिन सम्बन्धी काममा व्यवधान आउनेछ ।
कर्कट : दिन अनुकूल रहनेछ । आय आर्जनका विभिन्न बाटाहरू खुल्नेछन् । व्यवहारमा सरलता आउनेछ । मनमा सन्तोष मिल्नेछ ।
सिंह : दिन उत्तम रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक दायित्व वहन गरिनेछ । दीर्घकालीन कामको सोच हुनेछ ।
कन्या : दिन उचित रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । अरूबाट सहयोगको अपेक्षा गर्नु बेस हुनेछ । स्वास्थ्य सबल हुनेछ ।
तुला : दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । सामाजिक सद्भावमा आँच आउनसक्छ । प्रत्येक काममा सावधानीको खाँचो पर्नेछ ।
वृश्चिक : दिन अत्युत्तम रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । रमाइलो हुनेछ ।
धनु : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । आत्मबल वृद्धि हुनेछ । सहकार्यमा लाभ हुनेछ । मावलीतिरबाट सहयोग मिल्नेछ ।
मकर : दिन ठिक रहनेछ । मनमा चिन्ता निकै कम हुनेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
कुम्भ : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ ।
मीन : दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त मार्गहरू खुल्नेछन् । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ ।