काठमाडौं । खोटाङको रावावेशी गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ ।
गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले प्रयोग गर्दै अाएकाे बा२ झ ३५२४ नम्बरको स्कारपियो गाडीमाथि अज्ञात समूहले आजगनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट गाडी पूर्णरूपले जलेको छ । गाडी आइबार राति गाउँपालिकाको वडा नम्बर ५ दुवेकोलमा पार्किङ गरिएको थियो ।
आगजनी गर्ने समूहको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।