कर्मचारीले बचाए सुत्केरी

डोल्पा । ठूलीभेरी नगरपालिका -११ की १८ वर्षिया सुत्केरी शीला कार्कीको आपतकालीन शल्यक्रिया गरी ज्यान बचाइएको छ ।

सुत्केरीको पाठेघरको मुख थोरैमात्र खुलेपछि बच्चा जन्मिन नसक्दा शल्यक्रिया गर्नु परेको हो । शल्यक्रियाका लागि चाहिने ए पोजेटिभ रगत ड्युटीमा रहेका ल्याब टेक्निसियन प्रेमप्रकाश बुढा, स्टाफ नर्स दिलु बुढा र अनमी पुष्पा ओलीले दिएपछि कार्कीको ज्यान बचाउन सम्भव भएको छ ।

जिल्लामा एक साता अघि मात्र शल्यक्रिया शुरु भएको थियो । गत साता तीन शल्यक्रिया गरिएका छन् । ब्लड बैंक स्थापना नभएकोले रगतको समस्या परेको डा. रमेश रोक्काले बताए । समाचार अन्नपूर्ण पोष्ट्ले प्रकाशित गरेको छ ।

प्रतिक्रिया