नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित

नेपाल जारी दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।आज(आइतबार) भएको खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालकाे तर्फबाट सुनिल बलले ११ औं मिनेटमा नै गाेल गरेर अग्रता दिलाएका थिए । जुन गाेल नै नेपालकाे जितका लागि निर्णायक सावित बन्याे ।

नेपालले केही सुनाैला अवसर पाएपनि गोलमा परिणत गर्न सकेन ।नेपाल लगातार दोस्रो साग फुटबलको फाइनलमा पुगेको छ । अब स्वर्णका लागि नेपालले पर्सि भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया