नयाँ हाईड्रोपावर कम्पनीले आइपिओ निष्कासन गर्दै, कसले कति सम्म दिन सक्छन् आवेदन

काठमाडौंँ - पालुन खोला हाईड्रोपावर कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता पुष २४ गते आईतबार सम्पन्न भएको हो । सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक श्री दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ ।

पालुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया