एक्सक्लुसिभ भिडियो : चिया पसलमा दिलिपसिंह विष्टले भने, ‘हत्यारा मै हुँ’

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४६६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. निर्मला पन्त प्रकरण : दिलिपसिंह विष्टले भने, ‘ह त्यारा मै हुँ’

काठमाडौं । न्यूज २४ टेलिभिजनलाई निर्मला पन्त प्रकरणको एक्सक्लुसिभ भिडियो प्राप्त भएको छ ।

भिडियोमा प्रहरीले यस अघिनै सार्वजनिक गरेर पनि डिएनए नमिलेको भन्दै हाजिरी जमानीमा छुटेका स्थानीय दिलिपसिंह विष्टले निर्मला पन्तको हत्या गरेको स्वीकार गरेका छन् । हामीलाई प्राप्त भिडियो कुनै प्रहरी हि’रा’सतमा बनाइएको भिडियो होइन ।

सार्वजनिक चोकको एक चिया पसलमा अन्य व्यक्तिसँग कुरा गर्दै बिष्टले निर्मलाको साइकल पनि आफैले बनाइदिएको र उनलाई बोकेर खोला पारी लगेर ज’बरज’स्ती कर णी गरी ज्या न लिएको बताएका छन् ।

दिलिपसिंह विष्टको मानसिक अवस्था ठीक नभएको र उनले जे–जे सिकायो, त्यही भन्ने गरेको तर्कपनि एक थरीको छ । तर, यो भिडियो खिच्ने व्यक्तिले केही पनि सिकाएको देखिदैन । चिया पसलमा गुट्खा खाँदै १० जना अन्य ब्यक्तिका अगाडि दिलिपसिंह विष्टले यस्तो कुरा बोलेको हुन् ।

२. राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको लापरवाही, लाइभ कार्यक्रममै बोले झुट

काठमाडौं । कार्यक्रमको गत एपिसोडमा हामीले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी सुटिङ खेलका खेलाडीहरुले ह’ति’यार नपाएको बिषय प्रस्तुत गरेका थियौं ।

साथै पोखरामा भएको ट्रायथलनमा स्वर्ण विजेता सूमी गुरुङले ट्रायसुट र साइकल नपाएको बिषयमा पनि रिपोर्टिङ गरेका थियौँ ।

यो बिषयमा जवाफ दिदै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश सिलवालले झुट बोलेका थिए । उनले सुटिङ खेलाडीका लागि आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित संघलाई दिएको र सामग्री अभाव भन्ने बिषयमा हामीले नका’रात्मक सन्देश फैलाउन खोजेको आ’रोप लगाएका थिए ।

३. फरक क्षमता भएकी शिक्षिकाले विषेश विद्यालयमै हाजिर गर्न पाइनन् !

तनहुँ । शिक्षिका तारादेवि पौडेलले विगत ११ बर्षदेखि तनहुँँ शुक्लागण्डकी नगरपालिकाको शिला प्राविका विद्यार्थीहरुलाई जेष्ठ नागरिक, बालबालिका, अपाङगता भएका व्यक्तिलाई आदार सम्मान गर्नुपर्छ भन्दै पढाइन्, सिकाइन् ।

अपाङ्गता राहात कोटामा ११ बर्ष पढाएकी तारादेवीले केही समयअघि खुलेको शिक्षक सेवा आयोगको परीक्षामा खुल्ला तर्फबाटै नाम निकालिन् ।

११ बर्षको संघर्षले फल दिएकोमा

प्रतिक्रिया